Posts

लोभको साँध

लोभको साँध (नेपाली लोक दन्त्य कथा) एकादेशमा एउटा गाउँमा 90 वर्ष काटिसकेका दुई बूढाबूढी थिए। उनीहरू सार्है गरीब थिए। एक दिन बूढालाई सेल खान मन लाग्यो र बूढीलाई भन्यो- “हेर बूढी ! मलाई सार्है सेल खान मन लाग्यो। तँ गाउँमा गएर चामल मागेर लेरा। म बजारमा गएर तेल मागेर ल्याउँछु। अनि हामी सेल पकाएर खाउँला।” यति भनी बूढीलाई उसले चामल माग्न पठायो र आफू तेल माग्न बजारतिर गयो। दुबैले अलि-अलि तेल र चामल मागेर ल्याए। सेल खान पाइने भयो भनेर बूढीले खुब खुशी हुँदै सेल पकाउन थाली। जम्मा पाँच वटा सेल पाकेछ। त्यसपछि बूढोले भन्यो-”हेर बूढी तैंले मलाई मान्नैपर्छ। तँ दुइटा सेल खा, मचाहिं तीन वटा खान्छु।” बुढीले भनी- अहँ, हुदैन, पकाउने म, त्यसो हुनाले म तीन वटा खान्छु, तिमी दुई वटा खाऊ। बूढा-हुँदैन, मैंले रहर गरेर पकाएको म तीन वटा खान्छु, तँ दुई वटा खा। यस्तो गर्दागर्दै दुई बूढाबूढीको झगडा भयो। सेल दुबैले खान सकेनन्। सेल सेलाउँदै गयो। कसले कति खाने भन्ने कुरो नटुङ्गिएकोले बूढाले बूढी सँधै बिहान चाँडै उठ्ने भएकोले एउटा जुक्ति सोचेर बूढीलाई भन्यो- हेर बुढी ! त्यसो भए म एउटा कुरा भन्छु सुन्। यो...

चतुर विद्या के हो?

चतुर विद्या के हो? विष्णु शर्मा ब्राम्हणका चलाक कान्छा छोरा यज्ञ शर्माले बनारसबाट व्याकरण, साहित्य आदि ग्रन्थ पढेर घर फर्केछन्। विष्णु शर्माले छोरालाई सोधेछन्- “के के पढेर आइस्?” यज्ञ शर्माले आफूले पढेजति सबै बयान गरे। विष्णु शर्माले छोरालाई फेरि सोधेछन्- “चतुर विद्या पढिस् त?” विचरा छोराले अक्क न बक्क” परेर जवाफ दिएछन्- “त्यो त छैन।” विष्णु शर्माले- “उसो भए पढेर आइज।” भनेछन्। त्यसपछि यज्ञ शर्माले चतुर विद्या पढ्न हिंडे। जाँदा जाँदा बेलुका भएपछि उनी एउटा पाटीमा बास बसे। त्यहाँ दुई जना डाँकूहरू पनि बास बसेका रहेछन् र उनीहरूले यज्ञ शर्मालाई को हौ भनी सोधेछन। उनले तिनीहरू डाँकूहरू हुन् भन्ने चिनिहाले र आफू पनि डाँकू हुँ भनेछन्। तीनैजना त्यहीं बास बसे। दुई डाँकूमध्ये एउटाले भन्यो- “भाइ हो, अब गफ गरेर रात बिताऔं।” त्यसपछि अर्को डाँकूले भन्यो- “लौ, यसो गरौं। तीनै जनाले पालैसंग कुरा गरौं। कसैको कुरा जसले होइन भन्यो उ कमारो बन्नु पर्छ।” त्यसपछि पहिलो डाँकुले भन्यो- “हाम्रा बाबुको पालामा 12 वर्षसम्म पानी नपरेपछि बाबुले भैंसीको दुधले खेत भिजाई रोपाईं गरेका थिए रे। यो कुरा साँचो...

पण्डितको जुँगा गानाको औषधी

पण्डितको जुँगा गानाको औषधी (नेपाली लोक दन्त्य कथा) एउटा गाँउमा लोकरञ्जुन नाम गरेका एक अपढ तर चलाक ब्राम्हण थिए । उसको चलाकीबाट सबै गाउँलेका मनमा यी ब्राम्हण बहुतै विद्वान हुन भन्ने विश्वास परेको थियो । गाउँलेहरू कथा पुराण तिनै ब्राम्हणबाट सुन्थे । चतुर्मासका दिन गाउँमा देवीभागवतपुराण लागेको थियो । व्यासासनमा बसी ती ब्राम्हण जुँगा मुसारी मुसारीकन जे पनि हो भन्दै पत्याई सुन्ने गाउँलेहरूलाई हँसाई हँसाईकन “लाटाका देशमा गाँडा तन्नेरी” बनी जे मन लाग्यो त्यही सुनाई रहेका थिए । त्यसैबेलामा आचार्य पास गरी घर फर्कंदै गरेका एक जना विद्वान पण्डित त्यहाँ आइपुगे । पुराण लागेको देखी एकछिन म पनि सुनेर जान्छु भन्ने विचार गरेर उनी त्यहीं विश्राम गरी पुराण सुन्न थाले । लोकरञ्जन ब्राम्हणले सार्है अशुद्धसँग पुराण बाचेको सुनी ती पण्डितका मनमा यस्ता ढोंगी मूर्खलाई सजायँ दिनु पर्यो् भन्ने लाग्यो । जब पुराण सकियो सबैले फूलप्रसाद लिए । ती विद्वान पण्डितले पनि फूलप्रसाद लिए ।त्यही बेलामा लोकरञ्जन ब्राम्हणले जुँगा मुसार्दा जुँगाको एउटा रौं खस्यो । विद्वान पण्डितले झटपट त्यस रौंलाई टिपेर आफ्नो धो...

ब्रम्हा, विष्णु र महादेव: को ठूलो?

ब्रम्हा, विष्णु र महादेव: को ठूलो? एक दिन ब्रम्हा र विष्णुकाबीच तँ ठूलो कि म ठूलो भनी चर्काचर्की परेछ। दुबै जनाले ‘लौ हिंड् महादेवलाई सोध्न’ भनेर गएछन्। महादेवले पनि आफ्नो लंगौटी उचालेर दुबैलाई अर्हाउँदै भनेछन्- “लौ एउटा उँभो जाओ, अर्को उँधो। उँभो जानेले टुप्पो र उँधो जानेले फेद पत्ता लगाएर मात्र फर्कनू। जो पहिले फर्कन्छ उहि ठूलो।” त्यसपछि विष्णु गरुड चढेर उँभो उडेछन् र ब्रम्हा चाहिं पुष्पक विमान चढेर उँधो लागेछन्। बर्षौंपछि दुबै जना पसीना काढ्दै लखतरान् भएर फर्केछन् र महादेवलाई भनेछन्- “प्रभो, हामीले त उँभो-उँधो केही पत्ता लगाउन सकेनौं।” अनि त्यसपछि महादेवले आफ्नो लंगौटी तल सार्दै भनेछन्- “देख्यौ त, को ठूलो रहेछ? ल अबदेखि को ठूलो भनेर झगडा नगर्नू। सृष्टिको नियम अनुसार आ-आफ्नो काम गर्नू। लौ जाओ फर्क अब।” ब्रम्हा र विष्णु पनि त्यसपछि आपसमा मुखामुख हेर्दै आ-आफ्नो घरतिर लागेछन्।

Nepali Flok Story

Image
एकदिन चट्टु् ससुराली गएछ । ससुरोले चट्टु ज्वाईंको मानमनितो गरे । दिउँसोतिर खाजासाजा खाइसकेर ससुरोले चट्टुलाई भनेछ, “ज्वाईं, अब एकछिन यस्सो गफगाफ गरौं‌न ।” चट्टुले भनेछ- “गफसफ त गर्नहुन्थ्यो, मलाईचाहिँ दिसा च्याप्यो । म दिसा बसेर आउँछु ।” यति भनेर चट्टु दिसा बस्न गयो । एकछिनपछि त चट्टुले कराउँदै आएर भन्यो।- “क्या‍ अचम्म भो ।” ससुरोले सोधे- “के भयो, ज्वाईं?” चट्टु ले भन्यो- “गाडामा राखेको मुलाको एउटा पातले गाडा त लच्कि पो राख्याछ, गोरूले गाडा तान्नै सकेन । गाडावालले गोरूलाई कुट्याकुट्यै गरिराख्याछ ।” ससुरो दौडेर हेर्न गयो । त्यसपछि सासु आएर चट्टुलाई सोधेछन्- “ससुरा किन दौडेका हुन्, ज्चाईं ?” ”खै, एउटा तरुनी आई, मसक्कै मस्की, उसैको पछि दौडिए ।”- चट्टु्ले जवाफ दियो । “त्यसलाई, पातकी बूढो, कतापट्टि मुन्टिए, हँ ज्वाईं ?” -सासुले आत्तिंदै सोधे। चट्टुले भन्यो- “पूर्वतिर ।” बूढी उतैतिर दौडिई। एकछिनपछि बूढो आयो र भन्यो- “मैले त गाडा देखिनँ त । हैन तपाईंकी सासु खै त ज्वाईं ?” चट्टुले भन्यो- “खै, एउटा मान्छे आएर आँखा सन्कायो, ऊसैको पछि लागेर गए ।” “त्यस राँडलाई नमारी छोड्दिन, कतातिर...

Facts of the Muslim Religion

Image
Islam is a monotheistic religious tradition that developed in the Middle East in the 7th century C.E. Islam, which literally means "surrender" or "submission," was founded on the teachings of the Prophet Muhammad as an expression of surrender to the will of Allah, the creator and sustainer of the world. The Quran, the sacred text of Islam, contains the teachings of the Prophet that were revealed to him from Allah. Essential to Islam is the belief that Allah is the one and true God with no partner or equal. Islam has several branches and much variety within those branches. The two divisions within the tradition are the Sunni and Shi'a, each of which claims different means of maintaining religious authority. One of the unifying characteristics of Islam is the Five Pillars, the fundamental practices of Islam. These five practices include a ritual profession of faith, ritual prayer, the zakat (charity), fasting, and the hajj (a pilgrimage to Mecca). Many Muslims a...

what is the old christinity religion?

Image
History of Christianity: The Beginning of the Faith   History of Christianity -- how did it all start? Christianity started about 2000 years ago in Judea (present-day Israel) with Jesus Christ and His faithful group of disciples. During this period, Judea was a cross-cultural mecca of bustling cities and farms. The emperor of Rome was the ruler. The Jews at that time hated Roman rule -- it was but another reminder of the historical oppression they faced as a people. The polytheistic cultural beliefs of Rome were also pagan and intrusive to Jewish life. Some Jews saw that their only hope was to conform to this change. Others became religious zealots who formed pockets of guerilla resistance against Rome. Still others withdrew themselves into the Judean wilderness to study the Jewish law and wait for the eventual coming of their promised Messiah (savior). History of Christianity: The Arrival of Jesus Christ History of Christianity -- With this cultural and religious backdrop, th...