स्कुलकाे शिक्षामा शिक्षण गर्नेकाे रजाँई
स्कुलकाे शिक्षामा पनि अस्थाई शिक्षकलाई स्थाई गर्नु पर्छ भन्नि माग अझ भन्नु पर्दा शिक्षा ऐन नै संसाेधन गरियाे। अब ऊच्च शिक्षामा पनि बिना प्रतिसपर्धा प्रध्यापकहरू नियुत्त गर्दा शिक्षा क्षेत्रमा गुणस्तरियता र बिश्वासनियता रहला त।
मैले स्नातक तह पास गरे तर मैले क्यमपस गएर केहि सिकेकाे र जानेकाे जस्ताे लाग्दैन। यति सम्म कि मलाइ एउटा प्रतिबेदन नि राम्राे संग लेख्न अाउदैन।
प्रध्यापकहरू यति सम्म पनि गैर जिम्मेवार छन् कि मराे बुबाकाे पालकाे नाेट मैले पढ्नु पर्याे। पाठ्यक्रम परिवर्तन नभए पनि बिषय बस्तु तथा उदाहरण त फरक हुनु पर्थाे तर भएन।
मेराे प्रथम दिन एम ए काे कक्षामा प्रध्यापकले विधवा प्रथाकाे बारेमा पढाउनु भयाे। मैले पनि आज त केहि नया बिषय बस्तु जान्न पाईने भाे भनेर उत्सुक थिए तर निराशामा बदिलयाे। परिभाषा उहि स्कुल मा पढेकाे थियाे अनि उदाहरण पनि । बिधवाले सेताे लुगा लगाउछन् । पति मरेपछि पत्नि बिधवा हुन्छन । अनि नाेट लेखाउनु भायाे कक्षा सकिने बेलमा यति पढ्याै भने ६० कटिहाल्छ । याे दिनबाट मैले कक्षा जान बन्द गरे अनि नेपालकाे अौपचारिक शिक्षामा कमा लगाए। प्रध्यापकहरूकाे मनसिकता अनि बिड्मबना।
मलाई लगेकाे थियाे पक्कै पनि उक्त कक्षामा बिश्वका बिभिन्न क्षेत्र, ठाउ, परिवेश, धर्म, बंश तथा जातजाति आदि अनि समयकाे काल खण्ड अनुसार यसकाे अवस्था र परिवर्तन आदि बारे जानकारि दिइने छ र १०० नै ल्याउनकाे लागि अनि धेरै भन्दा धेरै बिषयबस्यबस्तु सिक्नकाे लागि मेहेनत गर्न आग्रह गरिने छ । तर यस्ताे भएन ।
त्यसैले संघहरू खाेलेर आफ्ना सहकर्मि तथा मित्रहरूलाई भन्दा पनि शैक्षिक गुणस्तरियता कायम राख्दै राष्ट्रकाे मेरूदण्ड शिक्षा क्षेत्रलाई बलियाे बनाउन तिर लाग्नु पर्छ।
प्रध्यापकाे नियुक्ति त सम्बन्धित निकायले माग अनुसार प्रतिसपर्धाकाे आधारमा गरिनै हाल्छनि ।क्यामपस पढुन्जेल राजनिति गरी चिट चारेर पास भएकाहरू अनि पैसा कमाउन दिनमा १० ठाऊ चाहार्नेहरूलाई क्षेमताकाे मुल्याङ्कन नगरि करार गरिनु कतिकाे जायज। जे हाेस प्रतिस्पर्धाकाे आधारमा क्षमताकाे मुल्याङकन हाेस ।
Comments