दुःखको सागर तरेर अघि बढेको चरिमायाको जीवन
दुःखको सागर तरेर
अघि बढेको चरिमायाको जीवन
जिन्दगीमा दुःख केलाई भन्ने ? कतिसम्म दुःख कष्ट र यातना झेलेको जिन्दगीको कहानीले दुःखको सिमाना
भेटाउँछ ? सायद यसको निश्चित परिभाषा हुन्थ्यो
भने, चरिमाया तामाङको जीवन दुःखै दुःखले
भरिएको घडाजस्तै हुने थियो । तर दुःखलाई जितेर सिमित सुखमा जिउने आँट गर्नु,नारकीय जीवनका कथालाई इतिहासका पानामा कैद गरेर सुनौलो भविष्यको
सपना देख्नुनै चरिमायाको जीवनको लक्ष्य हो । एक टुक्रा जीवनको अर्थ खोज्नु छ भने
चरिमाया जीवन्त पात्र हुन्, जोसँग एउटा मान्छे त्यसमा पनि एउटी
नारीले धान्न नसक्ने अथाह दुःखको सागर तरेको अनुभव छ । धेरै आरोह अवरोह पार गर्दै
चरिमायाले अमेरिकी सरकारबाट प्रतिष्ठित आधुनिक दासता विरुद्धको हिरो उपाधी पनि
पाउनुभयो ।
संघर्षमय जीवन
सिन्धुपाल्चोकको हैबुङ गाबिसमा चरिमाया तमाङको जन्म भएको थियो । उहाँ सामान्य परिवारमा जन्मिएकी चेली । उहाँका दुई दाजु छन् । चरिमायालाई दलालहरुले मुम्बईको कोठीमा २५ हजारमा बेचेका थिए । अहिले उहाँलाई बेच्ने दलालले १० वर्षको जेल सजाए पाएर फेरि अर्को घटनामा जेलमा नै छन् । चरिमाया बेचबिखनमा पर्दा १६ वर्षकी हुनुहुन्थ्यो । त्यो गाउँबाट २०४५ सालमा एकजना छोरी र बुहारी हराएको उहाँलाई थाहा थियो । चेलिबेटी बेचबिखन बिरुद्ध आवाज उठाएका कारण चरिमायाको दाइप्रति दलालहरु पनि रुष्ट भएका थिए ।
घरको विभिन्न समस्याले चरिमायाले ५ कक्षा अध्ययन गर्दागर्दै बीचैमा छोडेर खेतिपाती र घरधन्दामा परिवारलाई सहयोग गरिरहनुभएको थियो । गाउँमा सञ्चालन भएका प्रौढ कक्षा, लाइबेरी कक्षा, आमा समूह आदिमा उहाँ सहयोगीको भूमिका निर्वाह गरिरहनुभएको थियो । चरिमाया १६ वर्षको हुँदा बुबाको मृत्यू भयो । त्यसपछि घरको अवस्था नाजुक बन्यो । बुबा बितेको ६ महिनापछि जंगलमा घाँस काट्न गएको बेला चरिमायालाई दलालहरुले समातेर लगे ।
चैत वैशाखतिर एकदिन शिवपुरी जंगलमा घाँस दाउरा लिन जानुभएको थियो चरिमाया । ४ जना दलालहरु उहाँको पिछा लागेर गएका रहेछन् । चरिमायाले पत्तै पाउनुभएन । डाले घाँस काटेर भारी बोक्न लाग्दै गर्दा सिठ्ठी बजेको आवाज आयो । आर्मी आएको हो कि भनेर उहाँ खोल्सामा लुक्न जानुभयो । एकछिनपछि हेर्दा चार जना व्यक्ति आफ्नै अगाडि उभिएका थिए । उनीहरु आर्मी नभएर दलाल थिए । उनीहरु चेलिबेटी बेच्ने दलाल भएको चरिमायालाई थाहा भएन । तिनीहरुमध्ये १ जना चिनेका व्यक्ति पनि थिए ।
त्यत्तिकैमा उनीहरुले चरिमायालाई समाउन खोजे । तर चरिमायाले आफ्नो हातमा रहेको खुर्पाले दलालहरुलाई प्रतिकार गर्नुभयो । अन्तमा दलाहरुकै जित भयो । उनीहरुले चरिमायाको हातको हँसिया खोसे । शुरुमा दलालहरुले चरिमायालाई फकाएका थिए । उहाँले नमानेपछि दलाहरुले घाँसको भारी खोसेर फालिदिए र डर त्रासको धम्की दिए । चरिमायालाई कुटपिट गर्न थाले । गालामा थप्पड लगाए । फिलामा हिर्काए । मार्ने धम्की पनि दिए । एकछिनपछि एक जनाले गोजीबाट एउटा पोको जस्तो कुन्नी के निकाल्यो । त्यो खोलेर चरिमायालाई भुईंमा ढलाए र कोहीले हात समाते, कोहीले शरीर थिचे । त्यसपछि त्यो पोकोबाट निकालेको चिज मुखमा कोच्याइदिए ।
त्यो बेला चरिमायालाई आफूमाथि पक्कै केही गर्न खोजेको हो भन्ने लाग्यो र मुखमा कोच्याएको चिज निल्न मान्नुभएन । तर दलालहरुले मुुख बन्द गरिदिए । चरिमायाको मुखबाट चिच्याहट निस्किन लाग्दै गर्दा त्यो निलिएछ ।
त्यसपछि दलालहरुले के गरे भन्ने क्रियाकलापबारे चरिमायालाई केही थाहा भएन । एकैचोटी गोरखपुरमा पुुगेपछि मात्र होस खुुल्यो । दलालहरुले गोरखपुरमा पुु¥याएर एउटा होटेलको कोठामा राखेको बेला चरिमायाको होस खुलेको थियो । उहाँलाई होटलको चार तलामाथि लगेर चारैतिर बाहिरबाट बन्द गरिएको कोठामा राखिएको थियो ।
होस् आउँदा उहाँले आफ्नो अगाडि एकजना केटी मान्छे उभिएको देख्नुभयो । किचकन्या होकि जस्तो लाग्यो । डरले भुईमा ढल्नुभयो, तर त्यो उहाँकै तस्विर थियो । ऐना अगाडि उभिदा गाउँले भेषभूूषामा रहेकी चरिमायाको कपाल काटिएको, कानमा अरु नै चिज लगाएको र कुर्ता सुरुवालमा आफूलाई देख्दा अचम्म लाग्यो । यस्तो अवस्थामा उहाँले आफूलाई पनि चिन्न सक्नुभएन र ऐना अगाडि परेकाले एकजना अरु नै केटी कोठामा उभिएको भान भएको थियो ।
झमक्क साँझ परिसकेको थियो । उहाँलाई अपहरण गरेर लैजाने मान्छे ढोका खोलेर उहाँ बसेको कोठाभित्र छिरे । चरिमायाले आफूलाई गाडि चढाएर पठाउन अनुरोध गरेपनि त्यसको कुनै सुनुवाई भएन । । तर उनीहरुले मानेन् । उनीहरुले आफूहरुसँगै घर जाने कुरा बताए । बस्न मन नलागेमा १५ दिनपछि सँगै घर फर्किने आश्वासन दिएर चरिमायालाई काश्मिर जाने रेलमा राखेर लगे । त्यसपछि चरिमाया बेहोस् हुनुभयो । कति दिन कति रात बिते केही थाहा भएन ।
दोस्रो होस् आउँदा चरिमाया मुम्बइको अँधेरीमा पुग्नुभएको थियो । उहाँलाई रेलबाट ओरालियो । खाना खानुभयो चरिमायाले पनि । चारजनामध्ये एकजना दिदीलाई बोलाउने भनेर बाहिर निस्कियो । साँढे २ घण्टापछि एकजना नेपाली महिला लिएर आयो र चरिमायालाई जवरजस्ती उसैको जिम्मा लगाइयो र ट्याक्सीमा कोचेर पठाए । बेलुका आउने बहाना गरेर ती दलाल त्यहाँबाट फरार भए । त्यो नेपाली महिलालाई चार जनाले चारवटा साइनो लगाउँथे । कोहीले दिदी, त कोही भाउजु, कसैले फूूपुु भन्ने गर्थे । चरिमायालाई माइजु भन्न लगाइएको थियो ।
यसरी चरिमाया मुम्मईको कोठीमा पुग्नुभयो र २२ महिनासम्म नारकीय जीवनमा रहनुभयो । यस दौरानमा शुरुको ६ महिना जति त भाग्ने धेरै कोशिस गर्नुभयो चरिमायाले । गाउँमा फर्केर गएपनि समाजले छि छि र दूर दूर गर्ला भनेर मन बुुझाएर बस्न बाद्य हुनुभयो । कोठीमा छापा मार्न आउँदा लुुकाइन्थ्यो । पुुलिस र अन्य व्यक्तिले लगेमा उनीहरुले नै अन्य ठाउँमा लगेर बेच्ने भ्रम फैलाइएको थियो । यसले पछिल्लो समयमा भागेर कोठीबाट निस्कने आँट पनि आएन । चरिमाया त्यो यातना यसरी सम्झनुहुन्छ ।
कोठीभित्रको यातना
कोठीमा बढी मानसिक र शारीरिक शोषण हुने गर्दथ्यो । कतिपयको त हरेक महिना गर्भपतन गराउनुपर्ने अवस्थामा पनि आउँथ्यो । तर एकमुुठी सास लिएर स्वस्थ रुपमा एकदिन नेपाल जान पाइन्छ भन्ने आशा र भरोसा राख्नुभएको थियो उहाँले । कोठीमा पुुगेपछि नेपाल फर्किएर यति राम्रो रमाइलो जीवन बिताउन पाइएला भन्ने चरिमायाले कल्पना पनि गर्नुभएको थिएन । तर यदि कोठीबाट उम्किन पाइएमा त्यहाँको तितो यथार्थ ओकल्ने र मानव बेचबिखन गर्ने दलालहरुलाई नांगेझार पार्ने अठोट भने गर्नुभएको थियो । किनकी त्यहाँ धेरै दिदी बहिनीहरुलाई झूूटा बिवाह, भूूmटो माया, आफन्त भेटाउने बहाना गरेर पुु¥याइएको थियो । यो घटना चरिमायालाई मात्र भएको होइन । धेरै चेलीहरु पीडित भएका थिए ।
दैव संयोग सन् १९९६ फेब्रुअरी ५ तारेखका दिन चरिमाया लगायत धेरै बेचिएका चेलीहरुलाई भारत सरकारले उद्धार गरेको थियो । त्यो बेला नेपालका २ सय जना चेली र भारत र वंगलादेशका ३ सय गरी ५ सय जनाको कोठीबाट उद्धार भएको थियो । उनीहरुलाई नेपाल फर्किन ६ महिना लाग्यो । तत्कालीन नेपाल सरकारले स्वीकारेको थिएन । अन्तमा १९९६ मा ७ वटा सामाजिक संस्थाहरुले पुनस्र्थापना गर्ने जिम्मेवारीमा नेपालमा उनीहरुलाई ल्याइएको थियो । अहिले उनीहरु संगठीत भएर बसेका छन् । त्यो बेला १२८ जना नेपाल फर्किन सफल भएकोमा १५ जनाबाट शक्ति समूह नामक संस्था खोलिएको थियो । विभिन्न संस्थाहरुको सहयोग भएको थियो । शक्तिसमूहमा १ सय ६८ जना रहेका छन् । सम्पर्कमा ५ सय जना भन्दा धेरै महिलाहरु रहेका छन् । यो संस्थामा समस्यामा परेका व्यक्तिहरु सदस्य हुन्छन् । उद्धार गर्ने अवस्थामा नपरोस् भनेर यो संस्थाले काम गरिरहेको छ । त्यो बेला चरिमायाजस्ता धेरैलाई यौन शोषणका लागि बेचिएको थियो । तर अहिले बेचविखनको तरिका परिवर्तन भएको छ । बेचविखनको उद्देश्य परिवर्तन भएको छ । तर बेचबिखन रोकिएको छैन ।
जीवन के रहेछ ?
जीवन संघर्ष हो । आफूमा विश्वास राख्नुपर्छ । विश्वास कायम राख्न विभिन्न अवरोधहरुलाई मेन्टेन गरेर अघि बढ्नुपर्छ ।
जीवनको सपना
बाल्यकालमा शिक्षक बन्ने रहर लाग्थ्यो । तर जब पढाइ रोकियो । त्यसपछि स्वयंसेविका भएर समाजसेवा गर्ने रहन जागृत हुन थाल्यो । तर पछि परिस्थितिले अर्को मोड लियो
स्वास्थ्यको अवस्था
कोठीबाट उद्धार हुने बेलामा चरिमायालाई जण्डिसको समस्या भएको थियो । यो औषधि खाएर निको भयो । अहिले १० वर्षदेखि बाथरोगको समस्या छ । २२ महिना कोठी र ६ महिना उद्धार गृहमा चिसोमा बस्नुपरेका कारण बाथ भएको हुनसक्ने आशंका छ । धन्यले चरिमाया पुगेको कोठी मध्यम वर्गको थियो । जो पायो त्यो ग्राहक छिर्न पाउँदैनथ्यो । त्यसले पनि उहाँ यौन रोग तथा एचआईभी एड्सको जोखिममा पर्नुभएन ।
जे भएपनि सन्तुष्ट
अहिले भएका क्रियाकलाप सकारात्मक रुपमा अघि बढिरहेको छ । एकलाई पर्दा अर्कोले बोल्नुपर्ने अवस्था छ । प्रशासनिक पक्षबाट हेयको व्यवहारले भन्दा पनि सहकार्य कसरी गर्ने भन्ने चुनौति छ । भएको कानुन कार्यान्वयन गर्न प्रत्यक्षदर्शी साक्षी हामीहरु नै हौं । अपराधको बिरुद्ध उभिएको हामी सिंगो राष्ट्रको साक्षी हो । पहिला पहिला बेचबिखनमा परेका व्यक्तिलाई नै अपराधीको रुपमा हेरिन्थ्यो । अहिले परिवर्तन हुँदै आएकाले सन्तुष्ट छु ।
विवाह
नेपाल फर्किएपछि २०५७ सालमा मेरो बिवाह भएको थियो । श्रीमान् सेक्युरिटी काम गर्नुहुन्छ । पछिल्लो समयमा भएको वैवाहिक सम्बन्धले पनि निकै सहयोग भएको छ । हामीले एक अर्कालाई जानेर र बुझेर नै बिवाह गरेका हौं ।
दिनचर्या
बिहान ५ बजे उठेर सामान्य सरसफाईमा ध्यान दिन्छु । चिया, खाजा खाना गर्नुपर्छ । दिनहुँ कार्यालय ९ देखि ५ बजेसम्म हुने गर्छ । छलफलका लागि विभिन्न मिटिङमा जानुपर्छ

Comments