Flok Story of Nepal

कल्याणपुरमा एकजना भैरव नाम भएका शिकारी बस्दथियो। त्यों एकदिन धनु-बाण लिएर शिकार को खोजी मा विन्द्यांचाल वन मा पस्यो। त्यहाँ त्यसले एवटा मृग मारयो अणि त्यों मृग काँध मा हालेराफर्कन लाग्दा बाटो मा एवटा भयंकर बन्देललाई देख्यो।अनि त्यसले त्यों मृग लाई भुईमा राखी त्यों बन्देललाई निशाना पारी कसेर एवटा बाण हन्यो। त्यों बन्देल बाण ले खुतरुक्कै नमरी घाइते मात्र भयो अनि बाण का चोट को पीरले बौह्लाएर बन्देल त्यों शिकारी माथि जाइलग्यो। बन्देल को त्यस्तो भीषण प्रहरले शिकारी ठहरै मरिहाल्यो अनि त्यसको साथसाथ माँ बन्देल पनि घुर्लुप्प भइहाल्यो।
ती दुइका छटपटले अहरको खोजीमा निस्केको एवटा साँप पनि त्यही नै काच्याक कुचुक्क भएर मारना गयो।
यति हुदा नहुँदा एवटा कति दिनदेखिको भोको स्याल पनि आहार को खोज मा घुम्दै फिर्दै त्यहाँ आइपुग्यो अनि ती मरेका मृग, शिकारी, बन्देल, र साँप लाई थुप्रो लागेको देखदा त खुशी ले खुट्टा भुइँमै परेनन्।”अहो! कस्तो साइतमा मा हिंडेछु, आज! धन्य मेरो भाग्य! आज त एकैचाटि यतिका भोजन मेरो भाग्यमा खनिए।” यसरी त्यों स्याल हर्षले फुरफुरिएर मनमनै कुरा खेलाउन लाग्यो।
त्यसले भन्दै गयो- “कहिले भने खाने कुरा को आभावले भोकभोकै ठिङ-ठीङ नाचिहिंड्नु पर्ने, कहिले भने यो छेलोखेलाइ! भाग्य भनेको पनि अनौठै हुँदो रहेछ! तर मैले यति को खानेकुरा साँची नराखि मसिहल्नु उचित होला? कदापि हुँदैन। पछिको लगि पनि त मैले जगेरा गर्नुपर्छ।”
“यो बाँदेल को मासु ले मलाई तीन महीना सम्म मग्न बसेर खान पुग्छा। यो मान्छे को मासुले दुइ महीना टर्नेछ। यो मृग को मासु ले एक महीना टी ढुक्कै चलिहालछ। यो साँप को मासु पनि दूई दिन को लगि प्रशस्त हुनेछ।अब् आज को दिन यही धनुको तांदो नै खाएर यतिका दिनको भोक मेट्नु परयो।”
यसरी आलोचना गर्दा गर्दै त्यों कति दिन को भोको स्याल ले धनुको तांदो मारयक् मारयक् चापाउन थाल्यो। मनको हर्ष ले त्यसलाई त्यही तँदो पनि बड़ो स्वादिलो लगी रहेको थियो। तर एकै छिन। अनि त्यों तांडो छिन्न साथ त्यों धनुको कमानी फट्यक् उछिट्टिदा त्यस को भुड़ि मा रोपिन् पुग्यो अनि त्यति नै बेला त्यस को हर्ष ले पनि ठाउँ छोड़िहाल्यो।

Comments

Popular posts from this blog

Famous Historical Places of India

A country from its movies

How to make Markating Planning