ससुराली जाँदा चट्टुज्वाईंको गफगाफ (नेपाली लोक दन्त्य कथा)
एकदिन चट्टु् ससुराली गएछ । ससुरोले चट्टु ज्वाईंको मानमनितो गरे । दिउँसोतिर खाजासाजा खाइसकेर ससुरोले चट्टुलाई भनेछ, “ज्वाईं, अब एकछिन यस्सो गफगाफ गरौंन ।” चट्टुले भनेछ- “गफसफ त गर्नहुन्थ्यो, मलाईचाहिँ दिसा च्याप्यो । म दिसा बसेर आउँछु ।” यति भनेर चट्टु दिसा बस्न गयो । एकछिनपछि त चट्टुले कराउँदै आएर भन्यो।- “क्या अचम्म भो ।” ससुरोले सोधे- “के भयो, ज्वाईं?” चट्टु ले भन्यो- “गाडामा राखेको मुलाको एउटा पातले गाडा त लच्कि पो राख्याछ, गोरूले गाडा तान्नै सकेन । गाडावालले गोरूलाई कुट्याकुट्यै गरिराख्याछ ।” ससुरो दौडेर हेर्न गयो । त्यसपछि सासु आएर चट्टुलाई सोधेछन्- “ससुरा किन दौडेका हुन्, ज्चाईं ?” ”खै, एउटा तरुनी आई, मसक्कै मस्की, उसैको पछि दौडिए ।”- चट्टु्ले जवाफ दियो । “त्यसलाई, पातकी बूढो, कतापट्टि मुन्टिए, हँ ज्वाईं ?” -सासुले आत्तिंदै सोधे। चट्टुले भन्यो- “पूर्वतिर ।” बूढी उतैतिर दौडिई। एकछिनपछि बूढो आयो र भन्यो- “मैले त गाडा देखिनँ त । हैन तपाईंकी सासु खै त ज्वाईं ?” चट्टुले भन्यो- “खै, एउटा मान्छे आएर आँखा सन्कायो, ऊसैको पछि लागेर गए ।” “त्यस राँडलाई नमारी छोड्दिन, कतातिर गई?” ससुराल