पौराणिक कथा : महांकाल भैरब

पौराणिक कथा : महांकाल भैरब

पहिले पहिले धेरै पहिले, लिच्छबी कालको कुराहो यो। उपत्यकामा खडेरी परेछ, धेरै याम सम्म। पनी न पर्ने घाम टन्न
पानी पार्ने उपाय अनेक् गरे। धेरै गण्यमान्य अनि तान्त्रिकहरु सरसल्लाह हुदां तान्त्रिकका पनि तान्त्रिक जामन: गुभाजुको नेत्रित्वमा ठुलो यज्ञ गर्ने र यज्ञको बलमा पानी पार्न सक्ने बैज्ञानिक आध्यत्मिक आधार देखिएकोले यज्ञ गर्ने निर्णयमा पुगे। यज्ञ सुरु भो, अग्नि दन्के, चारु स्वाहा गरे। सर्प देखि बिच्छि सम्म होमिए। हेर्दा हेर्दै आकाशमा अजङगको कालो मेघ देखा पर्यो। यति बिशाल र सघन बादल कहिलेइ देखिएकोथिएन। सब खुशी भए। राजा जनता, वटुक, पण्डित। तर जामन: गुभाजुको अनुहारमा चमक भन्दा ज्यादा चिन्ता देखिए। सहकर्मी तान्त्रिकहरु छक्क परे। यत्रो साधनाको फल, आकाशमा देखिदां पनि जामन गुभाजु हर्षित छैन। सबै तान्त्रिकहरु जामन: गुभाजु भए ठाउंमा गए र जिज्ञासा राखे।
” गुरु देब, यज्ञ सफल भएको मा हजुर खुशी देख्नु हुन्न नि, यसको कुनै कारण छ कि, हामीले त बुझ्न सकेनौ””
जामन: गुभाजुले आफ्नो चिन्ता प्रकट गरे।
” मलाई यो मेघ प्राक्रितिक लागेन, पानीको कुनै अंश देख्दिन”
“कुनै दैबी छल वा पिसाच को संकट हुन सक्छ”
“त्यसैले म त्यो बादललाई धरतीमा झार्न चाहन्छु” “सत्य देख्न चाहन्छु”
जामन गुभाजुको यो तर्क सुने पछि सबैले त्यो रहस्यमय बादलको सत्य तथ्य बुझ्नै पर्ने ठहर गरी, जामन गुभाजुलाई शक्ति प्रयोग गर्न सहमति दिए।
गुभाजुले आफ्नो भए भरको तन्त्र मन्त्र प्रयोग गरी त्यो भिमकाय मेघलाई तारण लगाई झारे। झर्दा त बिशाल कालो रंगको ढुंगा झरे। करीब६ हात लामो, ३ हात चौडा र २ हात उचाइ को ढुङा झरे। घोर अपशकुन। हल्ला खल्ला सरसल्ला धेरै भयो। आकश बाट् बिशाल ढुङगा झरेकोमा। जामन: गुभाजुलाई लाग्यो तारणलागाइ झारेको ढुङगा चानचुने होइन। यो कसैको छद्मभेषी अबतार हुन सक्छ। तारण फुलाकेर, तन्त्रको बलले सही रुपमा प्रकट हुन आग्रह गरे। अचम्म, कालो बर्णको, भिमकाय शरिर भएको, सर्पको माला लगाएको, हातमा पात्र ( गुलपा), गढा, खड्ग बोकेको महांकाल रहेछ।
संसारलाई शत्रुबाट र संकटबाट् बचाउने देबको रुपमा।
त्यो थाहा पाए पछि, जामन: गुभाउजुले आफ्नो अज्ञानताको लागि माफि मागे र देशमा शंकट भएको लेअब देखि यहीँ राज हुन अनेक बिन्ति गरे।
महांकाल् देबताले ” मलाई संसार भरिका भक्त र सत्यको रक्षा गर्नु छ त्यसैले एकै ठाउँमा बस्न मिल्दैन , त्यसले वत्स, तिम्रो आग्रहलाई मानेरै म हरेक शनिबार म अबश्य आउंछु । मलाई एउटा मन्दिर बनाएर र मुर्ति पनि राखि देउ, म आएर दर्शन् दिन्छु। “
एक दिनले न पुग्ने गुनासो गरे पछि भगवानले केही सहुलियत दिने निर्णय गर्नु भयो।
“हरेक शनिबार र आउंछु, आउंछु र मंगलबारको दिन पनि अन्य शंकटकालिन काम आइ परेन भने एच्छिकरुपमा आउछु र कान्तिपुर को दुख निबारण गर्न सक्दो मदत गर्छु”।
यति सुनेर जामन: गुभाजु लगायत सबै जनाले महांकाल देबताको जय जयकार् गर्न थाले।
अब त्यो ढुंगारुपी महांकाल खसेको ठाउं यद्यपी देख्न सकिन्छ, ढुँगा सहित। पुरानो बस पार्कबाट पुतली सडक , शंकर देब क्यामपस निस्कने बाटो थाहा नै होला। हो, अलि १सय मिटर जति ( बस पार्क बाट्) गए पछि बाया चुके निवास दाया पुलिस क्लबको गेस्ट हाउस आउछ। त्यहि पुलिस क्लबको पर्खाल मा अलि पर गए पछि शहीद शुक्र माध्यमिक बिद्यालयको सामुन्ने त्यो ढुँगा रुपी असली महांकाल देब देख्नु हुने छ। देखि हाले नमस्ते गरि हाल्नुस्।
हाल त्यो स्थानलाई सुरक्षितरुपमा बार लगाई, माथि सुनको जलप भएको झल्लर राखिएको छ। ( ठुल्दाई नगरपालिकामा काम गर्दाको एक धार्मिक र मार्मिक कामको नमुना)।
त्यसैले ठुलदाईले शनिबार र मंगलबार् बाहेक अरु दिन त्यो महांकाल स्थान( टुंडिखेल-मिलिटरि अस्पताल) मा नमस्ते गर्दैन। देब नै नहुने बेला ढुँगालाई मात्र के नमस्ते गर्नु? होइन र?
अस्तु!!!!!!!!!!

Comments

Popular posts from this blog

Famous Historical Places of India

ससुराली जाँदा चट्टुज्वाईंको गफगाफ (नेपाली लोक दन्त्य कथा)

what is the old christinity religion?