घर फिर्ती
कथा : घर फिर्ती नदीको स्वाँ … शव्दले मृगनयनीका आँखा खुले । शरीरभरि विजुली फैलियो । रात शून्यमा वितिरहेको । “अव उपाय के छ त ?” ऊ जुरुक्क उठी । उसलाई कसैले जवर्जस्ती अँठ्याएको अनुभव भयो । ऊ विस्तारै वाहिर निक्लिई । विस्तारो ढोकाको आग्लो उघारेर आँगनमा आई– पर्खालमा वसी । रात अस्तव्यस्त थियो र खोलाको स्वाँआँ…. आवाज आइरहेको थियो । मृगनयनीले ठहर गरेझैं गरी– “मर्ने दिन आअे !” कोठामा ढ्वाक्क आवाज आयो । ऊ हस्याङ–फस्याङ गर्दै कोठामा गई । अँध्यारो थियो र वच्चा–वच्चीको ठाउँ सरेको आवाजको साथै दुर्गन्धले कोठा भरिएको थियो । “एउटी सुकुमार छोरी पो त– वावुकी, प्यारी साहिँली “छोरी ! यस घरमा परी दुर्घटनामा विचरा मर्ने भई ।” उसका दिमागमा पुराना कुरा आअे । ऊ सानी पुतली जस्ती यस घरमा आई । उसको लोग्ने पनि सिङाने थियो । उसले कति घरमा भुक्तमान खपी । लोग्नेको हातवाट गोदाइ पनि खाई र वडो जुक्तिले प्रेम पाई अनि एउटा लामो समयमा सासू–ससुराको मृत्युपछि घर–मालिकनी भई । यी पाँच भाइ छोरा र दुई वहिनी छोरीलाई उसले जिउ–ज्यान दिएर हुर्काउँछे ! परन्तु … … गोपीनाथ जुरुक्क उठ्दा झसङ्ग भयो र ‘नयनी’ भन्यो ‘हजुर उसले भनी’